काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न चाहेका छन्। सो सेयर खरिदका लागि बैंकले विद्यमान संस्थापक सेयरधनीलाई ३५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक समूहको सेयर बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था छ। विद्यमान संस्थापक सेयरधनीबीच सेयर खरिद–बिक्री हुन नसकेको अवस्थामा मात्र अन्य व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न सकिने व्यवस्था रहेको छ।
सोही व्यवस्थाअनुसार बैंकले संस्थापक सेयर खरिद गर्न इच्छुक आफ्ना विद्यमान संस्थापक सेयरधनीलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको रजिस्टर्ड कार्यालय कमलादी काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ।
यसअघि पनि बैंकले केही विद्यमान संस्थापक सेयरधनीलाई लक्षित गर्दै २०८३ साउन २० गतेको आर्थिक अभियान राष्ट्रिय दैनिकमा संस्थापक सेयर बिक्रीसम्बन्धी ३५ दिने सूचना प्रकाशित गरेको थियो।
उक्त सूचनाको म्यादभित्र सेयर खरिदका लागि कसैबाट पनि आवेदन नपरेको बैंकले जनाएको छ। नियमअनुसार उक्त सेयर विद्यमान संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थाले खरिद गर्न इच्छुक भएमा पनि ३५ दिनभित्र बैंकको रजिस्टर्ड कार्यालय कमलादी काठमाडौंमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।