बिहीबार, कार्तिक १२,२०८३ 12:57:13
  • बिहीबार, कार्तिक १२,२०८३ 12:57:13
Global IME Bank Limited

जियोको कीर्तिमानी आईपीओपछि अम्बानी परिवारको भव्य उत्सव

Bizshala
जियोको कीर्तिमानी आईपीओपछि अम्बानी परिवारको भव्य उत्सव
New Office

काठमाण्डौ । भारतीय अर्बपति मुकेश अम्बानीको जियो प्लाटफर्म्सले इतिहासकै ठूलो आईपीओ सफलतापूर्वक सम्पन्न गरेपछि अम्बानी परिवारले मुम्बईमा भव्य उत्सव मनाएको छ।

जियोले आईपीओमार्फत करिब ३.२ अर्ब अमेरिकी डलर अर्थात् ३०२ अर्ब भारतीय रुपैयाँ जुटाएको छ। शेयर बजारमा सूचीकृत भएको पहिलो दिनमै कम्पनीको शेयर मूल्य २१ प्रतिशतभन्दा बढीले उकालो लागेको थियो। रोयटर्सका अनुसार कारोबारको क्रममा जियोको मूल्य एक समय २७ प्रतिशतसम्म बढेको थियो।

जियोको शेयर प्रतिकित्ता १ हजार ११९ भारतीय रुपैयाँमा निष्कासन गरिएको थियो। बजारमा प्रवेश गरेपछि शेयर मूल्य तीव्र गतिमा बढ्दा कम्पनीको बजार पूँजीकरण करिब १३१ देखि १३७ अर्ब अमेरिकी डलरसम्म पुगेको थियो। यससँगै जियो आफ्नै प्यारेन्ट कम्पनी रिलायन्स इन्डस्ट्रिजपछि भारतको दोस्रो ठूलो सूचीकृत कम्पनी बनेको छ।

यो आईपीओ भारतकै सबैभन्दा ठूलो आईपीओ बनेको छ। आवेदन रकम ७७ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको र निष्कासन २२ गुणाभन्दा बढी भरिएको रोयटर्सले जनाएको छ।

आईपीओ खुलेको दुई घण्टाभन्दा कम समयमै बिक्रीका लागि राखिएका सबै शेयर बराबरको आवेदन परिसकेको थियो। पहिलो दिनमै माग ३ गुणाभन्दा माथि पुगेको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

जियोको सफल सूचीकरणपछि मुम्बईस्थित रिलायन्स कर्पोरेट पार्क नै उत्सवमय बनेको थियो।

त्यहाँ ड्रोन शो, डीजे प्रस्तुति, सांगीतिक कार्यक्रम, नृत्य, फूल र कन्फेटीका कार्यक्रमसँगै खानाका विभिन्न स्टल राखिएका थिए। कर्मचारीहरूले सामाजिक सञ्जालमा साझा गरेका भिडियोमा परिसरमा ठूलो भीड नाच्दै र उत्सव मनाउँदै गरेको देखिएको थियो।

जियोको सूचीकरण अम्बानी परिवारका लागि व्यवसायिक उत्तराधिकारका दृष्टिले पनि महत्वपूर्ण मानिएको छ।

कम्पनीको नेतृत्व मुकेश अम्बानीका जेठा छोरा आकाश अम्बानीले गर्दै आएका छन्। सूचीकरण समारोहमा आकाशले आफ्ना दाजुभाइ तथा दिदीबहिनीका तर्फबाट पिता मुकेश अम्बानीलाई धन्यवाद दिएका थिए। सो क्रममा मुकेश अम्बानी भावुक देखिएको विवरणसमेत सार्वजनिक भएको छ।

Garima Development Bank
Bizshala
IME remit

सन् २०१६ मा दूरसञ्चार सेवा सुरु गरेको जियोले भारतीय टेलिकम बजारमा आक्रामक प्रवेश गरेको थियो। अहिले कम्पनीका ५० करोडभन्दा बढी ग्राहक छन्। जियोको व्यवसाय टेलिकममा मात्र सीमित नभई क्लाउड कम्प्युटिङ, आर्टिफिसियल इन्टेलिजेन्स, एप, इन्टरप्राइज नेटवर्किङ र डिजिटल सेवामा समेत विस्तार भइरहेको छ।

जियोमा रिलायन्स इन्डस्ट्रिजको प्रमुख स्वामित्व छ भने मेटा, गुगलसहित विश्वका ठूला प्रविधि तथा लगानी कम्पनीको पनि लगानी रहेको छ।

जियोको यो सूचीकरण रिलायन्स समूहको करिब दुई दशकपछि आएको पहिलो ठूलो सार्वजनिक सूचीकरणसमेत हो।

आईपीओबाट आएको ठूलो रकम, सूचीकरणको पहिलो दिनमै देखिएको उछाल र भारतकै दोस्रो ठूलो कम्पनी बन्ने उपलब्धिले जियोलाई भारतीय पूँजीबजारको नयाँ केन्द्रमा उभ्याएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.