बिहीबार, कार्तिक १२,२०८३ 06:29:38
  • बिहीबार, कार्तिक १२,२०८३ 06:29:39
Global IME Bank Limited

इनमसँग एकपछि अर्को हाईप्रोफाइल कनेक्सन खुल्दै, अनुसन्धानका लागि छुट्टै समिति

Bizshala
इनमसँग एकपछि अर्को हाईप्रोफाइल कनेक्सन खुल्दै, अनुसन्धानका लागि छुट्टै समिति
New Office

काठमाण्डौ । विवादित छविका इनम सापकोटासँग विभिन्न उच्चपदस्थ व्यक्ति तथा प्रभावशाली समूहको सम्पर्क देखिएको भन्दै प्रहरीले उनको अनुसन्धानका लागि छुट्टै समिति गठन गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक नरहरी रेग्मीको नेतृत्वमा समिति गठन गरी अनुसन्धान अघि बढाइएको हो।

प्रहरी स्रोतका अनुसार उक्त टोलीले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका सापकोटामाथि भइरहेको अनुसन्धानलाई थप गहिराइमा लैजान सहयोग गरिरहेको छ। परिसरको अनुसन्धान टोलीलाई समेत आवश्यक निर्देशन र समन्वय गर्ने गरी समिति परिचालन गरिएको बताइएको छ।

सापकोटा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्पर्कमा रहेको तथा अदालतमा प्रभाव पार्ने प्रयास गर्ने गरेको सूचनापछि प्रहरीको निगरानीमा आएका थिए।

अनुसन्धानका क्रममा उनको मोबाइल फोनको फरेन्सिक परीक्षण गर्दा विभिन्न उच्चपदस्थ व्यक्तिसँगको सम्पर्क र सन्देश भेटिएको प्रहरी स्रोतको दाबी छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

स्रोतका अनुसार हालसम्म न्याय क्षेत्रका उच्च अधिकारी, प्रहरी तथा सशस्त्र प्रहरीका अधिकारी, व्यवसायी, कर्मचारी र केही सांसदसम्मसँग उनको सम्पर्क देखिएको छ। यद्यपि यस्ता सम्पर्क देखिनु मात्रैले कुनै व्यक्तिको आपराधिक संलग्नता पुष्टि नहुने भएकाले प्रहरीले सम्बन्धित सन्देश र सम्पर्कको प्रकृति छुट्टै रूपमा केलाइरहेको बताइएको छ।

सापकोटा दिल्ली जान लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।

सुरुमा उनीमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको थियो। अहिले भने सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको जनाइएको छ।

प्रहरीको ध्यान अहिले सापकोटाको आर्थिक कारोबार, सम्पर्क सञ्जाल, मोबाइलमा भेटिएका सन्देश र सम्भावित प्रभाव प्रयोगका घटनाबीच कुनै प्रत्यक्ष सम्बन्ध छ कि छैन भन्ने विषयमा केन्द्रित रहेको छ।

फरेन्सिक परीक्षणबाट नयाँ सम्पर्क र विवरण खुल्दै गएपछि अनुसन्धानको दायरा पनि फराकिलो बनाइएको प्रहरी स्रोतले जनाएको छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.