शुक्रबार, कार्तिक १३,२०८३ 11:28:38
  • शुक्रबार, कार्तिक १३,२०८३ 11:28:38
Global IME Bank Limited

मोरङमा ब्राउन सुगरसहित तीन जना पक्राउ, प्रहरीको गोली लागेर दुई घाइते

Bizshala
मोरङमा ब्राउन सुगरसहित तीन जना पक्राउ, प्रहरीको गोली लागेर दुई घाइते
New Office

काठमाडौं । मोरङको रतुवामाईबाट करिब ५०० ग्राम ब्राउन सुगर, घरेलु पेस्तोल र गोलीसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई भारतीय नागरिक र एक नेपाली छन्।

पक्राउ पर्नेमा भारतको बिहारस्थित अररिया जिल्लाका २२ वर्षीय दीपककुमार बोसाक र ४० वर्षीय पुरन बोसाक तथा रतुवामाई नगरपालिका–१ का ३५ वर्षीय प्रमोद ठाकुर छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

लागुऔषध ओसारपसारको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले बुधबार राति रतुवामाई–६ शनिश्चरेमा दुई मोटरसाइकलमा सवार उनीहरूलाई रोक्न खोज्दा भागेपछि आठ राउन्ड गोली चलाएर नियन्त्रणमा लिएको हो। प्रहरीको गोली लागेर दुवै भारतीय नागरिक घाइते भएका छन्। उनीहरूको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

Garima Development Bank
Bizshala
IME remit

प्रहरीले उनीहरूको साथबाट करिब ५०० ग्राम खैरो हेरोइन, एक थान घरेलु पेस्तोल र एक राउन्ड गोली बरामद गरेको छ। बरामद मोटरसाइकलमध्ये एउटामा भारतीय नम्बर प्लेट बीआर ३७ भी ३९२६ रहेको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका तीनै जना लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको आशंका छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.