काठमाडौं। नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँ र चाँदीको मूल्य १०५ रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ८२५ रुपैयाँ कायम भएको छ।
बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ र चाँदी तीन हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।