शुक्रबार, कार्तिक १३,२०८३ 02:51:08
  • शुक्रबार, कार्तिक १३,२०८३ 02:51:08
Global IME Bank Limited

सुनकोशी मरिणको ठेक्का विवादमा सिँचाइ विभागका डीजी र आयोजना प्रमुख प्रधानमन्त्री कार्यालयको नियन्त्रणमा

Bizshala
सुनकोशी मरिणको ठेक्का विवादमा सिँचाइ विभागका डीजी र आयोजना प्रमुख प्रधानमन्त्री कार्यालयको नियन्त्रणमा
New Office

काठमाण्डौ । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रियासँग जोडिएको विषयमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नियन्त्रणमा राखेको छ।

प्रहरीले बिहीबार रजौरियालाई सिरहाको लहानबाट र सहसचिवसमेत रहेका आयोजना प्रमुख रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिएर काठमाडौं पठाएको थियो।

प्रहरी स्रोतका अनुसार काठमाडौं ल्याइएपछि उनीहरूलाई कुनै प्रहरी युनिटमा नराखी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको छ।

सिँचाइ मन्त्रालयका एक उच्च अधिकारीले सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रियासँग सम्बन्धित विषयमा उनीहरूलाई नियन्त्रणमा लिइएको बताएका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोशी मरिण डाइभर्सनको ठेक्का यसअघि एकपटक रद्द भइसकेको थियो। त्यसपछि पुनः नयाँ ठेक्का प्रक्रिया अघि बढाइएको छ।

पछिल्लो प्रक्रियामा तीन चिनियाँ कम्पनी प्राविधिक रूपमा योग्य ठहरिएका छन्। तीमध्ये चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन बेइजिङ, एन्नेङ–आरसीसी जेभी र सिनोहाइड्रो कर्पोरेसन लिमिटेड छन्।

आयोजनाले आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया अघि बढाइसकेको छ। उक्त प्रस्ताव कात्तिक १६ गते खोल्ने मिति तय गरिएको थियो।

तर यहीबीच प्रधानमन्त्रीको सचिवालयबाट हालको ठेक्का प्रक्रिया फेरि रद्द गरेर नयाँ प्रक्रिया सुरु गर्न दबाब परेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरूले बताएका छन्।

ठेक्का प्रक्रिया निर्णायक चरणमा पुगेकै बेला विभागका महानिर्देशक र आयोजना प्रमुखलाई नियन्त्रणमा लिइएपछि सुनकोशी मरिणको खरिद प्रक्रिया थप विवादित बनेको छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.