शुक्रबार, कार्तिक १३,२०८३ 06:14:47
  • शुक्रबार, कार्तिक १३,२०८३ 06:14:47
Global IME Bank Limited

आठ हजार मिटरमाथिका विश्व सूचीमा नेपालका थप ६ हिमाल समेट्ने प्रस्ताव

Bizshala
आठ हजार मिटरमाथिका विश्व सूचीमा नेपालका थप ६ हिमाल समेट्ने प्रस्ताव
New Office

काठमाण्डौ । नेपालले आठ हजार मिटरभन्दा अग्ला विश्वका हिमालको अन्तर्राष्ट्रिय सूचीमा आफ्ना थप ६ हिमाललाई छुट्टै शिखरका रूपमा मान्यता दिलाउन पहल अघि बढाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ ले नेपाल पर्वतारोहण संघमार्फत विश्व पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को सन् २०२६ को साधारणसभामा उक्त प्रस्ताव अघि सारेका हुन्।

काठमाडौंमा शुक्रबारदेखि सुरु भएको यूआईएए साधारणसभामा नेपालले यालुङ काङ, कञ्चनजङ्घा दक्षिण, कञ्चनजङ्घा मध्य, ल्होत्से मध्य, ल्होत्से शार र यालुङ काङ पश्चिमलाई छुट्टाछुट्टै आठ हजार मिटरभन्दा अग्ला हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिन प्रस्ताव गरेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

प्रस्तावित हिमालमध्ये यालुङ काङको उचाइ ८ हजार ५०५ मिटर, कञ्चनजङ्घा दक्षिण ८ हजार ४७६ मिटर, कञ्चनजङ्घा मध्य ८ हजार ४७३ मिटर, ल्होत्से मध्य ८ हजार ४१० मिटर, ल्होत्से शार ८ हजार ४०० मिटर र यालुङ काङ पश्चिम ८ हजार ७७ मिटर रहेको छ।

नेपालको प्रस्तावले अन्तर्राष्ट्रिय मान्यता पाए विश्वमा आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या हालको १४ बाट बढेर २० पुग्नेछ।

त्यसैगरी नेपालमा रहेका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या आठबाट बढेर १४ पुग्नेछ। यसो भए विश्वका २० अग्ला हिमालमध्ये १४ वटा नेपालमै पर्नेछन्।

सरकारले यसलाई नेपालको पर्वतीय पहिचान थप बलियो बनाउने अवसरका रूपमा लिएको छ। नयाँ शिखरले अन्तर्राष्ट्रिय मान्यता पाए पर्वतारोहण, साहसिक पर्यटन, हिमाली अनुसन्धान तथा पर्यटन प्रवर्द्धनका नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ।

Garima Development Bank
Bizshala
IME remit

नेपाल पर्वतारोहण संघको आतिथ्यमा जारी सम्मेलनमा विभिन्न देशका पर्वतारोहण महासंघका प्रतिनिधि, विज्ञ र सरोकारवाला सहभागी छन्। सम्मेलन शनिबारसम्म चल्नेछ।

नेपालले यसअघि सन् १९८२ र २०११ मा पनि यूआईएएको साधारणसभा आयोजना गरेको थियो।

मन्त्री पौडेलले प्रस्तावित हिमाललाई मान्यता दिलाउन सके नेपाललाई विश्वका सर्वोच्च हिमालको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न थप सहयोग पुग्ने बताएका छन्।

सम्मेलनमा हिमालको अन्तर्राष्ट्रिय वर्गीकरणसँगै जलवायु परिवर्तनका कारण बढ्दो हिमाली जोखिम, प्राकृतिक सम्पदा संरक्षण र पर्वतीय समुदायको जीविकोपार्जनका विषय पनि छलफलमा समेटिएका छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.