आईतवार, कार्तिक १५,२०८३ 07:59:41
  • आईतवार, कार्तिक १५,२०८३ 07:59:41
Global IME Bank Limited

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडक अवरुद्ध

Bizshala
वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडक अवरुद्ध
New Office

काठमाडौँ। लगातारको वर्षाका कारण खहरेखोलामा आएको बाढीले ढुङ्गामाटोसहितको लेदो सडकमा थुप्रिँदा तथा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध भएको छ।

प्रहरी प्रधान कार्यालयले आज जारी गरेको सूचनाअनुसार काभ्रे, खोटाङ र ललितपुरका चार स्थानमा सडक अवरुद्ध भएका हुन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं. ८ गिम्दीबेँसीस्थित बिपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो बगेर सडकमा थुप्रिएपछि यातायात पूर्ण रूपमा बन्द भएको छ।

त्यस्तै, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्गमा माथिबाट लेदोसहितको पहिरो खस्दा करिब १५ मिटर सडक अवरुद्ध भएको छ।

Garima Development Bank
Bizshala
IME remit

ललितपुर महानगरपालिका–२ सुन्दरीघाटमा बागमती खोलाको जलसतह बढेपछि बागमती खोला करिडोर सडकमा आवागमन रोकिएको छ। यसैगरी, बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचेस्थित कान्ति लोकपथमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध भएपछि ती मार्गमा यातायात सञ्चालन प्रभावित भएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.