आईतवार, कार्तिक १५,२०८३ 11:46:01
  • आईतवार, कार्तिक १५,२०८३ 11:46:01
Global IME Bank Limited

अस्ट्रेलियामा नेपाल फेस्टिभल हुँदै, प्रिमियर पिटर प्रमुख अतिथि

Bizshala
अस्ट्रेलियामा नेपाल फेस्टिभल हुँदै, प्रिमियर पिटर प्रमुख अतिथि
New Office

 

काठमाण्डौ । साउथ अस्ट्रेलियामा आयोजना हुने ‘नेपाल फेस्टिभल २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। आगामी नोभेम्बर २८ मा एडिलेडस्थित टोरेन्स परेड ग्राउन्डमा हुने फेस्टिभलको उद्घाटन समारोहमा साउथ अस्ट्रेलियाका प्रिमियर पिटर मालिनाउसकस प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्।

एनआरएनए साउथ अस्ट्रेलियाले पत्रकार सम्मेलन आयोजना गर्दै फेस्टिभलको छैटौँ संस्करणमा पहिलोपटक राज्यका प्रिमियर प्रमुख अतिथिका रूपमा सहभागी हुन लागेको जानकारी दिएको हो।

नेपाली कला, संस्कृति, भाषा, परम्परा र राष्ट्रिय पहिचानलाई अस्ट्रेलियाली तथा अन्तर्राष्ट्रिय समुदायमाझ प्रवर्द्धन गर्ने उद्देश्यले नियमित रूपमा नेपाल फेस्टिभल आयोजना हुँदै आएको छ।

एनआरएनए साउथ अस्ट्रेलियाका संयोजक थिर गुरुङले यस वर्ष प्रिमियर मालिनाउसकसको सहभागिता नेपाली समुदायका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। कार्यक्रममा बहुसांस्कृतिक मामिलामन्त्री नादिया क्लान्सीसहित स्थानीय सरकारका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तिको समेत सहभागिता रहनेछ।

फेस्टिभलका लागि साउथ अस्ट्रेलिया सरकारको बहुसांस्कृतिक अनुदान कार्यक्रमअन्तर्गत ३० हजार अस्ट्रेलियन डलर सहयोग प्राप्त भएको आयोजकले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस वर्ष फेस्टिभल सञ्चालन तथा व्यवस्थापनमा १ लाख ७० हजार अस्ट्रेलियन डलरभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। हालसम्म करिब ९० प्रतिशत तयारी पूरा भइसकेको र १५ हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।

फेस्टिभलमा नेपाली गायिका रचना रिमालको विशेष सांगीतिक प्रस्तुति रहनेछ। अन्य कलाकारको नाम पनि क्रमशः सार्वजनिक गरिने आयोजकले जनाएको छ।

कार्यक्रमलाई व्यवस्थित र सुरक्षित बनाउन २० वटा उपसमिति गठन गरिएको छ। ती समितिले कार्यक्रम व्यवस्थापन, स्वयंसेवक परिचालन, सुरक्षा, मञ्च व्यवस्थापन तथा अन्य तयारीका काम गरिरहेका छन्।

नेपाल फेस्टिभल २०२६ का कार्यक्रम संयोजक तथा एनआरएनए साउथ अस्ट्रेलियाका उपसंयोजक गणेश पराजुलीले ठूलो संख्यामा सहभागी हुने सम्भावनालाई ध्यानमा राख्दै व्यवस्थापन र सुरक्षामा विशेष प्राथमिकता दिइएको बताए।

उनका अनुसार फेस्टिभल सफल बनाउन विभिन्न नेपाली संघसंस्था, व्यवसायी, प्रायोजक तथा समुदायका सदस्यसँग समन्वय भइरहेको छ।

Garima Development Bank
Bizshala
IME remit

अस्ट्रेलियामा हुर्कंदै गरेको नेपाली नयाँ पुस्तालाई भाषा, संस्कृति र परम्परासँग जोड्नुका साथै नेपालको मौलिक पहिचान अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्ने महत्वपूर्ण प्लेटफर्मका रूपमा नेपाल फेस्टिभललाई लिइएको छ।

आयोजकले साउथ अस्ट्रेलियामा रहेका नेपाली समुदायसहित नेपाली संस्कृति र परम्पराप्रति चासो राख्ने सबैलाई नोभेम्बर २८ मा टोरेन्स परेड ग्राउन्डमा उपस्थित हुन आग्रह गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.