काठमाडौँ। नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।