आईतवार, कार्तिक १५,२०८३ 01:15:54
  • आईतवार, कार्तिक १५,२०८३ 01:15:54
Global IME Bank Limited

ज्योति विकास बैंकको नाफा १८५ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २२ करोड नाघ्यो

Bizshala
ज्योति विकास बैंकको नाफा १८५ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २२ करोड नाघ्यो
New Office

काठमाण्डौ । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा झण्डै तीन गुणाले बढाएको छ। ब्याज खर्च र सम्भावित नोक्सानीबापतको खर्च घट्दा बैंकको नाफामा उल्लेख्य सुधार आएको हो।

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २० करोड १ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन भएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकको यस्तो नाफा ७ करोड ३ लाख ३४ हजार रुपैयाँ थियो। यसअनुसार खुद नाफा १८४.५८ प्रतिशतले बढेको छ।

नाफा वृद्धिमा खुद ब्याज आम्दानीको सुधार र कर्जा तथा अन्य सम्भावित नोक्सानीबापतको खर्चमा आएको कमीको मुख्य योगदान देखिन्छ। बैंकको कुल ब्याज आम्दानी सामान्य घटे पनि ब्याज खर्चमा उल्लेख्य कमी आउँदा ब्याज कारोबारबाट हुने खुद आम्दानी बढेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २०.१२ प्रतिशतले बढेर ६३ करोड १८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी करिब ५२ करोड ६० लाख रुपैयाँ थियो। कुल ब्याज आम्दानी ०.८२ प्रतिशतले घटेको अवस्थामा ब्याज खर्च १५.३६ प्रतिशतले घट्दा बैंकलाई लाभ भएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बैंकको कोषको लागत पनि ४.५८ प्रतिशतबाट घटेर ३.६९ प्रतिशतमा सीमित भएको छ। आधारदर ६.५९ प्रतिशतबाट ५.५५ प्रतिशतमा झरेको छ भने ब्याजदर अन्तर अर्थात् स्प्रेडदर ३.९७ प्रतिशतबाट बढेर ४.३१ प्रतिशत पुगेको छ। यी सूचकले बैंकको ब्याज लागत व्यवस्थापनमा सुधार आएको देखाउँछन्।

यसैगरी कर्जा तथा अन्य सम्भावित नोक्सानीबापतको खर्च ४४.४३ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ३० करोड १७ लाख रुपैयाँ रहेको यस्तो खर्च यसपटक १६ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ। यो शीर्षकमा मात्रै करिब १३ करोड ४१ लाख रुपैयाँ कम खर्च हुँदा नाफा वृद्धिमा महत्वपूर्ण टेवा पुगेको छ।

अघिल्लो वर्षको असोज मसान्तमा ७७ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको कुल सञ्चित वितरणयोग्य नाफा यसपटक २२ करोड ९ लाख ९४ हजार रुपैयाँ धनात्मक कायम भएको छ। 

Garima Development Bank
Bizshala
IME remit

खुद नाफा बढेसँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ६.४० रुपैयाँबाट बढेर १८.२१ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ १७३.५९ रुपैयाँ छ। यस्तै वार्षिकीकरण गरिएको इक्विटीमा प्रतिफल ४.३० प्रतिशतबाट बढेर १०.४९ प्रतिशत पुगेको छ।

व्यवसाय विस्तारतर्फ असार मसान्तको तुलनामा ग्राहकलाई प्रवाह गरिएको कर्जा बढेको छ भने निक्षेप घटेको छ। असोज मसान्तमा बैंकको निक्षेप ६५ अर्ब ३३ करोड ९४ लाख रुपैयाँ कायम भएको छ। यो असार मसान्तको तुलनामा २.८१ प्रतिशत कम हो। यही अवधिमा ग्राहकलाई प्रवाह गरिएको कर्जा भने ३.८१ प्रतिशतले बढेर ५१ अर्ब ४७ करोड ५० लाख रुपैयाँ पुगेको छ। बैंकको कर्जा–निक्षेप अनुपात ८४.४६ प्रतिशत छ।

चार अर्ब ३९ करोड ५८ लाख रुपैयाँ चुक्तापुँजी रहेको बैंकको पुँजीकोष अनुपात १३.९० प्रतिशत र प्राथमिक पुँजी अनुपात ९.५८ प्रतिशत कायम भएको छ। 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.