आईतवार, कार्तिक १५,२०८३ 03:14:48
  • आईतवार, कार्तिक १५,२०८३ 03:14:48
Global IME Bank Limited

सेन्ट्रल फाइनान्सले कमायो २ करोड नाफा, ईपीएस कति ?

Bizshala
सेन्ट्रल फाइनान्सले कमायो २ करोड नाफा, ईपीएस कति ?
New Office

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ९ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले १ करोड ८४ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा खुद नाफा १३.५४ प्रतिशतले बढेको हो।

ब्याज खर्चमा आएको कमी र कर्जा नोक्सानी व्यवस्थाबाट भएको राइटब्याकले नाफामा सुधार देखिएको हो। 

कम्पनीको कर्जा गुणस्तरमा सुधार देखिएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा १२.०९ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात घटेर ९.१२ प्रतिशतमा आएको छ। एक वर्षमा खराब कर्जाको अनुपात २.९७ प्रतिशत बिन्दुले घटेको हो। 

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो वर्ष ३ करोड ७७ लाख १ हजार रुपैयाँ रहेको यस्तो आम्दानी ४६.८५ प्रतिशतले बढेर ५ करोड ५३ लाख ६५ हजार रुपैयाँ पुगेको छ। 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

खुद ब्याज आम्दानी बढे पनि कुल सञ्चालन आम्दानी भने घटेको छ। अन्य सञ्चालन आम्दानी ३ करोड २८ लाख ४३ हजार रुपैयाँबाट ७१ प्रतिशतले घटेर ९५ लाख २३ हजार रुपैयाँमा सीमित भएपछि कुल सञ्चालन आम्दानीमा असर परेको हो। 

सेयरधनीका लागि चालु त्रैमासको वितरणयोग्य नतिजामा पनि सुधार देखिएको छ। नियामकीय समायोजनपछि यस त्रैमासको वितरणयोग्य नाफा १ करोड १६ लाख ६२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा वितरणयोग्य नतिजा २६ लाख १२ हजार रुपैयाँ ऋणात्मक थियो।

Garima Development Bank
Bizshala
IME remit

तर अघिल्ला अवधिबाट सरेको नोक्सानीसमेत जोड्दा असोज मसान्तसम्म कम्पनीको सञ्चित वितरणयोग्य घाटा २० करोड ५१ लाख ३६ हजार रुपैयाँ छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो घाटा ३० करोड ५१ लाख ३४ हजार रुपैयाँ थियो। 

कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको ७.७८ रुपैयाँबाट बढेर ८.८३ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ १२१.०६ रुपैयाँ छ। पूँजीकोष अनुपात पनि अघिल्लो वर्षको यही अवधिको १४.५५ प्रतिशतबाट बढेर १६.४९ प्रतिशत पुगेको छ।

व्यवसाय विस्तार भने सामान्य देखिएको छ। गत असार मसान्तको तुलनामा निक्षेप ०.०७ प्रतिशतले बढेर ८ अर्ब ४७ करोड ३३ लाख रुपैयाँ पुगेको छ। ग्राहकलाई प्रवाहित कर्जाको खुद मौज्दात पनि ०.६९ प्रतिशतले बढेर ४ अर्ब ६७ करोड ९० लाख रुपैयाँ कायम भएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.