काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको नाफा ३ करोड ७३ लाख रुपैयाँ थियो । यस आधारमा नाफा करिब ६९ प्रतिशतले बढेको हो ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने खुद शुल्क तथा कमिसन आम्दानी १ करोड ३६ लाख रुपैयाँ रहेको छ । सञ्चालन नाफा ८ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।
फाइनान्सको निक्षेप १२ अर्ब ९७ करोड रुपैयाँ र कर्जा तथा सापटी ८ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा अनुपात भने ७.७७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ६.३३ प्रतिशत थियो ।
कम्पनीको चुक्तापूँजी ९४ करोड ६१ लाख रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी वार्षिकीकरण गर्दा २६.७० रुपैयाँ, प्रतिशेयर नेटवर्थ २१७.३६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.९७ गुणा रहेको छ ।
फाइनान्सको पूँजी पर्याप्तता अनुपात १४.७४ प्रतिशत, कर्जा–निक्षेप अनुपात ७३.२२ प्रतिशत र आधारदर ६.३४ प्रतिशत रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।