काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने भएको छ। धादिङको मझिमटारमा निर्माणाधीन आकाशे पुलको गर्डर राख्ने काम गर्नुपर्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडकमा सवारी आवागमन पूर्ण रूपमा रोक्न लागिएको हो।
नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार उक्त अवधिमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।
आयोजनाले सडक बन्द रहने समयमा चालक तथा यात्रुलाई धैर्य गर्न, लेन अनुशासन कायम राख्न र ट्राफिक नियम पालना गर्न आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।