काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आइतबार ह्वात्तै घटेको सुनको मूल्य आज (सोमबार) प्रतितोला २ हजार ३०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेर २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य ७० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ३ हजार ७२० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी १७५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।