काठमाडौं। बिग मार्टबाट ४१५ रुपैयाँको सामान खरिद गरेका एक ग्राहकले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्।
कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत ती ग्राहकले बम्पर पुरस्कार जितेको आन्तरिक राजस्व विभागले जनाएको हो।
विभागले कात्तिक १ देखि १५ गतेसम्म भएको कारोबारका आधारमा छनोट गरेका १५ जना पाक्षिक विजेता र एक जना बम्पर विजेताको नाम सोमबार सार्वजनिक गरेको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा विजेताहरूको नाम घोषणा गरिएको हो।
पुरस्कार विजेता छनोट तथा नाम सार्वजनिक गर्ने कार्यक्रममा नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी क्रिकेट खेलाडीहरूलाई उपस्थित गराइएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।