काठमाण्डौ । नेपालका लागि टाटा जेन्युइन पार्ट्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा टाटा कमर्सियल गाडीमा कार्यरत प्राविधिक जनशक्तिका लागि ‘टाटा BS-6 तालिम प्रशिक्षण कार्यक्रम’ सुरु भएको छ।
कात्तिक १५ गतेदेखि सुरु भएको ६ दिने प्रशिक्षण कार्यक्रम कात्तिक २० गतेसम्म देशका विभिन्न १४ स्थानमा सञ्चालन हुनेछ। कार्यक्रम हेटौंडा, बिर्तामोड, विराटनगर, दमक, धनगढी, पर्सा/टाँडी, इटहरी, नारायणघाट, मिर्चैया, पोखरा, भैरहवा, ढल्केवर, दाङ/घोराही र वीरगञ्जमा आयोजना हुँदैछ।
तालिममा टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक र इलेक्ट्रिसियन ‘टाटा गुरु’लाई आधुनिक सवारी प्रविधि तथा BS-6 अर्थात् भारत स्टेज–६ प्रविधिसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिनेछ।
प्रशिक्षणमा विद्युतीय प्रणालीको आधारभूत ज्ञान, ब्याट्रीको संरचना तथा कार्यप्रणाली, भोल्टेज, करेन्ट, रेसिस्टेन्स, विद्युतीय सर्किट, मल्टिमिटरको प्रयोग तथा सवारीसाधनको स्टार्टिङ र चार्जिङ सिस्टमबारे प्रशिक्षण दिइने जनाइएको छ।
त्यस्तै BS-6 इन्जिन म्यानेजमेन्ट सिस्टमअन्तर्गत सेन्सर, ईसीयू र एक्टुएटरको कार्यप्रणाली तथा उत्सर्जन नियन्त्रण प्रणालीअन्तर्गत SCR र LNT सिस्टमका विभिन्न कम्पोनेन्टको पहिचान र कार्यप्रणालीबारे जानकारी गराइनेछ।
सिस्टमको सर्किट विश्लेषण, रिजेनेरेसन प्रक्रिया तथा डायग्नोस्टिक टुल्सको प्रयोगमार्फत प्राविधिक समस्या पहिचान र समाधान गर्ने विषयसमेत तालिममा समेटिएको छ।
आयोजकका अनुसार कार्यक्रमले टाटा कमर्सियल गाडीको सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिलाई आधुनिक सवारी प्रविधिसँग परिचित गराउँदै समस्या समाधान क्षमता र व्यावसायिक दक्षता बढाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले प्राविधिक जनशक्तिको क्षमता विकास तथा गुणस्तरीय सर्भिसिङ सेवालाई प्रोत्साहन गर्ने उद्देश्यले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका हुन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।