मंगलवार, कार्तिक १७,२०८३ 05:09:12
  • मंगलवार, कार्तिक १७,२०८३ 05:09:12
Global IME Bank Limited

जटिल प्रसूति समस्यामा परेकी डोल्पाकी गर्भवतीको हवाई उद्धार

Bizshala
जटिल प्रसूति समस्यामा परेकी डोल्पाकी गर्भवतीको हवाई उद्धार
New Office

काठमाण्डौ । जटिल प्रसूति समस्यामा परेकी डोल्पाकी एक गर्भवती महिलाको हवाई उद्धार गरिएको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत ती महिलालाई उद्धार गरिएको हो ।

डोल्पाको छार्काताङसोङ गाउँपालिका–४ निवासी महिलामा जटिल प्रसूति समस्या देखिएपछि थप उपचार आवश्यक परेको थियो । स्थानीयस्तरमा आवश्यक उपचार सम्भव नभएपछि कात्तिक १७ गते नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी सुर्खेत पुर्‍याइएको मन्त्रालयले जनाएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

दुर्गम तथा विकट क्षेत्रमा रहेका ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलालाई समयमै स्वास्थ्य संस्थासम्म पुर्‍याई सुरक्षित मातृत्व सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Garima Development Bank
Bizshala
IME remit

यातायात र स्वास्थ्य सेवाको सहज पहुँच नभएका दुर्गम क्षेत्रका महिलालाई आपत्कालीन अवस्थामा जीवनरक्षक स्वास्थ्य सेवा उपलब्ध गराउन हवाई उद्धार कार्यक्रम महत्वपूर्ण हुँदै आएको मन्त्रालयको भनाइ छ ।

महिला तथा नवजात शिशुको जीवन रक्षा र सुरक्षित मातृत्व प्रवर्द्धनका लागि मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.