काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने घटेको छ । मंगलबार प्रतितोला ३ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर ३ हजार ६५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।