बुधबार, कार्तिक १८,२०८३ 02:37:33
  • बुधबार, कार्तिक १८,२०८३ 02:37:33
Global IME Bank Limited

डब्लूटीएममा पर्यटनमन्त्री पौडेलको उच्चस्तरीय भेटवार्ता, हवाई सम्पर्क र लगानी विस्तारमा जोड

Bizshala
डब्लूटीएममा पर्यटनमन्त्री पौडेलको उच्चस्तरीय भेटवार्ता, हवाई सम्पर्क र लगानी विस्तारमा जोड
New Office

काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ले नेपालको पर्यटन प्रवर्द्धन अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार पर्यटक आगमन वृद्धि तथा पर्यटन क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने विषयमा विभिन्न मुलुकका उच्चपदस्थ अधिकारीसँग छलफल गरेका छन्।

बेलायतको लन्डनमा नोभेम्बर ३ देखि ५ सम्म आयोजना भइरहेको वर्ल्ड ट्राभल मार्केट (डब्लूटीएम) २०२६ मा सहभागी हुने क्रममा मन्त्री पौडेलले भारतका संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शेखावत संयुक्त अरब इमिरेट्सका अर्थ तथा पर्यटनमन्त्री अब्दुल्लाह बिन तुक अल मारी श्रीलंकाका सहायक पर्यटनमन्त्री प्रा. रुवन रणतुङ्गे तथा भारतकी राज्यसभा सदस्य लेखिका एवं समाजसेवी सुधा मूर्तिसँग भेटवार्ता गरेका हुन्।

भेटका क्रममा नेपाल र सम्बन्धित मुलुकबीच पर्यटन सहकार्य सुदृढ गर्ने हवाई सम्पर्क विस्तार गर्ने पर्यटक आवागमन बढाउने सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने तथा पर्यटन क्षेत्रमा लगानी र निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको जनाइएको छ।

मन्त्री पौडेलले नेपालको पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय साझेदारी र लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै पर्यटनलाई आर्थिक समृद्धि रोजगारी सिर्जना र सांस्कृतिक सम्बन्ध विस्तारको महत्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उनले नेपाललाई विश्व पर्यटन बजारमा आकर्षक सुरक्षित र प्रतिस्पर्धी गन्तव्यका रूपमा स्थापित गर्न छिमेकी तथा अन्य साझेदार मुलुकसँगको सहकार्यलाई थप परिणाममुखी बनाउने सरकारको लक्ष्य रहेको बताए।

भेटवार्तामा नेपालको मौलिक सांस्कृतिक सम्पदा हिमाली भूगोल प्राकृतिक सौन्दर्य साहसिक पर्यटन आध्यात्मिक तथा वेलनेस पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी ढंगले प्रवर्द्धन गर्ने विषयमा पनि छलफल भएको छ।

डब्लूटीएम लन्डनमा नेपालले यस वर्ष दिगो तथा जिम्मेवार पर्यटन हिमाली साहसिक गतिविधि सांस्कृतिक सम्पदा आध्यात्मिक अनुभव र वेलनेस पर्यटनलाई प्राथमिकताका साथ प्रस्तुत गरेको छ।

सन् २०२७ लाई नेपाल वेलनेस पर्यटन वर्षका रूपमा प्रवर्द्धन गर्ने तयारीसँगै योग ध्यान आध्यात्मिकता मानसिक शान्ति र प्राकृतिक उपचारमा आधारित पर्यटन अनुभवलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने प्रयासलाई समेत मेलामा जोड दिइएको छ।

पर्यटनमन्त्री पौडेलको नेतृत्वमा नेपाल पर्यटन बोर्डसहित सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि वायुसेवा कम्पनी होटल ट्राभल तथा टुर अपरेटर सहभागी नेपाली टोलीले मेलामा सहभागिता जनाएको छ। मन्त्री पौडेलले नेपाल प्याभिलियनको उद्घाटन गरेका छन्।

मेलामा ३२ नेपाली पर्यटन कम्पनीले नेपालको पर्यटन सेवा गन्तव्य तथा पर्यटकीय उत्पादनको प्रवर्द्धन गरिरहेका छन्।

Garima Development Bank
Bizshala
IME remit

विश्वका प्रमुख पर्यटन व्यवसायी अन्तर्राष्ट्रिय ट्राभल बायर सञ्चारमाध्यम तथा पर्यटन सेवा प्रदायक सहभागी हुने डब्लूटीएमलाई नेपालले नयाँ बजार खोज्ने व्यावसायिक साझेदारी विस्तार गर्ने र अन्तर्राष्ट्रिय पर्यटन सञ्जालसँग सम्बन्ध मजबुत बनाउने अवसरका रूपमा उपयोग गरेको छ।

नेपालले हालैका बाढीपहिरोबाट प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माण जारी रहे पनि काठमाडौं पोखरा चितवन लुम्बिनी अन्नपूर्ण तथा सगरमाथा क्षेत्रलगायत प्रमुख पर्यटकीय गन्तव्यमा स्थानीय अवस्था र यात्रा परामर्शअनुसार पर्यटन गतिविधि सञ्चालन भइरहेको सन्देशसमेत अन्तर्राष्ट्रिय बजारमा प्रवाह गरेको छ।

‘नेपाल इज ओपन’ अभियानमार्फत नेपाल भ्रमणले स्थानीय व्यवसाय रोजगारी तथा पर्यटनमा निर्भर समुदायको जीविकोपार्जनमा सहयोग पुग्ने सन्देश दिइएको छ।

नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रतिस्पर्धी बनाउँदै पर्यटक आगमन लगानी र व्यावसायिक साझेदारी विस्तार गर्ने उद्देश्यले डब्लूटीएममा भएको उच्चस्तरीय सहभागितालाई महत्वपूर्ण मानिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.