बिहीबार, कार्तिक १९,२०८३ 12:37:57
  • बिहीबार, कार्तिक १९,२०८३ 12:37:57
Global IME Bank Limited

कम्पनीलाई जरिवाना छुटको अवसर, पुस मसान्तसम्म म्याद थप

Bizshala
कम्पनीलाई जरिवाना छुटको अवसर, पुस मसान्तसम्म म्याद थप
New Office

काठमाडौँ । लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा नगएका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा सरकारले आगामी पुस मसान्तसम्म थप गरेको छ । यसअघि कात्तिक मसान्तसम्म रहेको म्याद दुई महिना बढाइएको हो ।

कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्मको कर, शुल्क तथा दस्तुर बुझाएमा सोभन्दा अघिका आर्थिक वर्षको सबै कर, शुल्क, दस्तुर र जरिवाना मिनाहा हुनेछ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यसैबीच, नेपालमा नयाँ कम्पनी दर्ता हुने क्रम बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा २० हजार ७३६ कम्पनी दर्ता भएकामा गत आव २०८२/८३ मा २६ हजार २९१ पुगेका छन् । यो अघिल्लो वर्षको तुलनामा ५ हजार ५५५ ले बढी हो । चालु आवको कात्तिक १२ गतेसम्म थप १० हजार ४८० कम्पनी दर्ता भइसकेका छन् ।

कार्यालयका रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले विदेशबाट फर्किएका नेपालीले सीप, प्रविधि र पुँजी स्वदेशमा लगानी गर्न थालेसँगै कम्पनी दर्ता बढेको बताए ।

Garima Development Bank
Bizshala
IME remit

कार्यालयका अनुसार हालसम्म तीन लाख ८८ हजार ६९० कम्पनी दर्ता भएकामा १४ हजार ९७० वटा खारेज भएका छन् । कार्यालयले कम्पनी दर्ता, नियमन, वार्षिक विवरण तथा वास्तविक धनीको अभिलेख व्यवस्थापनका साथै खारेजीसम्बन्धी काम गर्दै आएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.