काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एनआईसी एशिया बैंक लिमिटेडलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको छ।
बोर्डले बैंकलाई हाल कायम साधारण सेयरको २ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको हो।
बैंकले हकप्रद सेयर निष्कासनका लागि तयार पारेको ‘हकप्रद सेयर निष्कासनसम्बन्धी व्यवस्था र विवरणहरू’लाई धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ।
एनआईसी एशिया बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।