एनआईसी एशिया बैंकलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न सेबोनको स्वीकृति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एनआईसी एशिया बैंक लिमिटेडलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको छ।बोर्डले बैंकलाई हाल कायम साधारण सेयरको २ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको हो।

