बिहीबार, कार्तिक १९,२०८३ 12:37:07
  • बिहीबार, कार्तिक १९,२०८३ 12:37:07
Global IME Bank Limited

भक्तपुरमा एलपी ग्यासको अभाव कायमै, महिनौँदेखि उपभोक्ता मारमा

Bizshala
भक्तपुरमा एलपी ग्यासको अभाव कायमै, महिनौँदेखि उपभोक्ता मारमा
New Office

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन् । महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ता एउटा भरिएको सिलिन्डरका लागि डिलर र खुद्रा पसल धाउन बाध्य छन् ।

भक्तपुरकी सविना बोहजुले तीन महिनादेखि ग्यास पाउन नसकेको गुनासो गरिन् । यसअघि आधा भरिएको सिलिन्डर पाए पनि त्यसयता अर्को सिलिन्डरको व्यवस्था हुन नसकेको उनले बताइन् । डिलरदेखि खुद्रा बिक्रेतासम्म पुग्दा पनि ग्यास नपाएको उनको भनाइ छ ।

त्यस्तै, सुनील दुवालले पनि लामो समयअघि ग्यासका लागि नाम टिपाए पनि अहिलेसम्म सिलिन्डर पाउन नसकेको बताए । पैसा तिरेर किन्न खोज्दा पनि ग्यास नपाइनु दुःखद भएको उनको गुनासो छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यता भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जिल्लामा ग्यासको आपूर्ति सहज भइसकेको दाबी गरे । एउटा कम्पनीको ग्यास नपाए अर्को कम्पनीको डिलरबाट सिलिन्डर साटेर लिन सकिने उनको भनाइ छ । दसैँअघि प्रशासनले ग्यास वितरण हुने स्थान र समयबारे सूचना सार्वजनिक गर्दै आए पनि आपूर्ति सहज भएको ठानेर त्यसलाई निरन्तरता नदिएको उनले बताए ।

Garima Development Bank
Bizshala
IME remit

प्रशासनले आपूर्ति सहज भएको बताए पनि उपभोक्ताले ग्यास नपाएको गुनासो गरिरहँदा बजारको वास्तविक अवस्था र सरकारी दाबीबीच भिन्नता देखिएको छ । वितरणको स्पष्ट सूचना अभावले समेत उपभोक्ता समस्यामा परेका छन् ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.