बिहीबार, कार्तिक १९,२०८३ 07:44:06
  • बिहीबार, कार्तिक १९,२०८३ 07:44:07
Global IME Bank Limited

काठमाडौंमा मंसिर २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुने, लगानीयोग्य परियोजना प्रस्तुत गरिने

Bizshala
काठमाडौंमा मंसिर २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुने, लगानीयोग्य परियोजना प्रस्तुत गरिने
New Office

काठमाण्डौ । स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित ‘नेपाल पूर्वाधार सम्मेलन २०२६’ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ।

सार्वजनिक–निजी साझेदारीमा आयोजना हुन लागेको सम्मेलनमा नेपालमा लगानीका लागि आवश्यक वातावरण निर्माण गर्न सरकारले गरेका कानुनी तथा नीतिगत सुधारबारे जानकारी गराइनेछ। विशेषगरी स्वदेशी लगानीकर्तालाई पूर्वाधार क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने उद्देश्य सम्मेलनको रहेको आयोजकले जनाएको छ।

सम्मेलनमा लगानीयोग्य पूर्वाधार परियोजनाहरू प्रस्तुत गर्नुका साथै केही परियोजनामा लगानी सम्झौता गर्ने तयारीसमेत गरिएको छ।

नेपाल उद्योग परिसंघले सन् २०१४ देखि आयोजना गर्दै आएको नेपाल पूर्वाधार सम्मेलनको यस संस्करण नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुन लागेको हो।

सम्मेलनमा लगानी बोर्डको कार्यालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाली युवा निर्माण व्यवसायी समुदायको समेत सहकार्य रहनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

‘Building for a Resilient Future’ मूल नारासहित आयोजना हुने सम्मेलनको उद्देश्य बलियो, दिगो र उत्थानशील पूर्वाधार विकासमार्फत मुलुकको समग्र आर्थिक विकास र समृद्धिमा योगदान पुर्‍याउनु रहेको छ।

सरकारले पूर्वाधारसहित समग्र अर्थतन्त्रको विकासका लागि नयाँ कानुन निर्माण तथा विद्यमान कानुनमा सुधार गरी लगानीमैत्री वातावरण तयार गरिरहेको आयोजकले जनाएको छ।

सम्मेलनमा लगानी तथा पूर्वाधार विकाससँग सम्बन्धित कानुनी सुधारका तीन प्रमुख विषयमा विशेष प्रस्तुति र छलफल हुनेछ। त्यसअन्तर्गत विभिन्न विधेयकमार्फत भइरहेको कानुनी सुधार, राष्ट्रिय पूर्वाधार खाका तथा आगामी १० वर्षको पूर्वाधार विकास दृष्टिकोण र लगानीकर्ताले भोगिरहेका समस्या समाधानका लागि प्रभावकारी कार्यान्वयन संयन्त्रबारे छलफल गरिनेछ।

दुई दिने सम्मेलनमा करिब तीन दर्जन लगानीयोग्य पूर्वाधार परियोजना लगानीकर्तासमक्ष प्रस्तुत गर्ने तयारी छ। हालसम्म २३ वटा परियोजना पहिचान भइसकेका छन् भने थप परियोजना छनोटको प्रक्रिया जारी रहेको आयोजकले जनाएको छ।

पहिचान भएका परियोजनामा स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित गर्ने र सम्भावित परियोजनामा लगानी सम्झौता गर्ने तयारीसमेत गरिएको छ।

सम्मेलनमा पूर्वाधार, ऊर्जा, सहरी विकास, क्षेत्रीय यातायातलगायत १२ वटा विषयगत क्षेत्रमा स्वदेशी लगानीकर्ता, सरकारी निकाय तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञबीच छलफल हुनेछ।

Garima Development Bank
Bizshala
IME remit

सम्बन्धित मन्त्रालय र सरकारी निकायका प्रतिनिधिले कानुनी तथा नीतिगत सुधार, लगानीका अवसर र पहिचान गरिएका परियोजनाबारे जानकारी गराउनेछन्।

आयोजकका अनुसार सम्मेलनले सरकार र निजी क्षेत्रबीच पूर्वाधार विकासका प्राथमिकता, लगानीका सम्भावना र कार्यान्वयनका चुनौतीबारे साझा धारणा निर्माण गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम छ भने अध्यक्षता पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गर्नेछन्।

आयोजकले नेपालमा पूर्वाधार विकासका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार, परियोजनाको प्रभावकारी कार्यान्वयन र सरकार–निजी क्षेत्र सहकार्य विस्तारका लागि सम्मेलन महत्वपूर्ण मञ्च बन्ने विश्वास व्यक्त गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.