शुक्रबार, कार्तिक २०,२०८३ 10:32:04
  • शुक्रबार, कार्तिक २०,२०८३ 10:32:04
Global IME Bank Limited

विद्युत् प्राधिकरणमा ४०५ कर्मचारी माग, मंसिर १० सम्म आवेदन दिन सकिने

Bizshala
विद्युत् प्राधिकरणमा ४०५ कर्मचारी माग, मंसिर १० सम्म आवेदन दिन सकिने
New Office

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न तहका ४०५ पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार प्रकाशित सूचनाअनुसार प्राधिकरणले अधिकृतस्तरमा ८३ जना र सहायकस्तरका विभिन्न पदमा ३२२ जना कर्मचारी माग गरेको हो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

प्राधिकरणले प्रबन्धक, सहायक निर्देशक, सहायक प्रबन्धक, प्रशासनिक अधिकृत, लेखा अधिकृत, इन्जिनियर, चार्टर्ड एकाउन्टेन्टलगायत पदमा कर्मचारी माग गरेको छ । प्राविधिकतर्फ इलेक्ट्रिकल इन्जिनियर ४२, सिभिल इन्जिनियर पाँच, मेकानिकल इन्जिनियर चार, इलेक्ट्रोनिक्स इन्जिनियर तीन र कम्प्युटर इन्जिनियर चार जना माग गरिएको छ ।

Garima Development Bank
Bizshala
IME remit

त्यस्तै, सहायकस्तर तह ५ अन्तर्गत मिटर रिडिङ सुपरभाइजर ३१, लेखापाल ३४, सुपरभाइजर (इलेक्ट्रिकल) २४६, सुपरभाइजर (मेकानिकल) आठ र सुपरभाइजर (सिभिल) तीन जना माग गरिएको छ । यी पदमा प्रदेशगत रूपमा कर्मचारी भर्ना गरिनेछ ।

योग्यता पुगेका नेपाली नागरिकले आगामी मंसिर १० गतेसम्म प्राधिकरणको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । उक्त अवधिमा आवेदन दिन नसक्नेले दोब्बर दस्तुर तिरेर मंसिर १७ गतेसम्म दरखास्त पेस गर्न सक्ने प्राधिकरणले जनाएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.