काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई सहज र पारदर्शी बनाउन ब्यागेज ड्रप क्षेत्रको प्रत्यक्ष दृश्य (लाइभ फिड) आगमन कक्षको ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ ।
नयाँ व्यवस्थापछि अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने यात्रुले विमानबाट झारिएको सामान ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रिया प्रत्यक्ष हेर्न सक्नेछन् । यसले सामानको अवस्थाबारे जानकारी लिन र ब्यागेज प्राप्त गर्न लाग्ने समय अनुमान गर्न सहज हुने अपेक्षा गरिएको छ ।
यसअघि सामान विमानबाट झारिएपछि ब्यागेज क्लेम क्षेत्रमा आइपुग्न लाग्ने समयबारे यात्रुले प्रत्यक्ष जानकारी पाउने व्यवस्था थिएन । नयाँ प्रविधिले सामानको प्रतीक्षामा हुने अन्योल घटाउनुका साथै यात्रुको अनुभव थप सहज बनाउने विश्वास गरिएको छ ।
पछिल्लो समय मन्त्री पौडेलले विमानस्थलको सेवा सुधार, प्रविधिको प्रयोग र यात्रु सुविधालाई प्राथमिकता दिँदै आएका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।