शुक्रबार, कार्तिक २०,२०८३ 02:05:52
  • शुक्रबार, कार्तिक २०,२०८३ 02:05:52
Global IME Bank Limited

ईयूको ‘एभ्रिथिङ बट आर्म्स’ व्यापार सहुलियत कार्यक्रम लागू भएको २५ वर्ष पूरा

Bizshala
ईयूको ‘एभ्रिथिङ बट आर्म्स’ व्यापार सहुलियत कार्यक्रम लागू भएको २५ वर्ष पूरा
New Office

 

काठमाण्डौ । युरोपेली संघ (ईयू) को ‘एभ्रिथिङ बट आर्म्स’ (ईबीए) व्यापार सहुलियत कार्यक्रम लागू भएको २५ वर्ष पूरा भएको छ।

यस अवसरमा काठमाण्डौमा आयोजित विशेष कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाहले नेपाली उत्पादनको युरोपेली बजारमा पहुँच विस्तार र निर्यात प्रवर्द्धनमा ईयूको सहयोग महत्वपूर्ण रहेको बताए।

निर्यात व्यवसायी महासंघ नेपालले ईयू नेपाल प्रतिनिधिमण्डल, अन्तर्राष्ट्रिय व्यापार केन्द्र तथा एकाउन्टेबिलिटी ल्याबको सहकार्यमा आयोजना गरेको कार्यक्रममा मन्त्री शाहले नेपालको निर्यात क्षमता अभिवृद्धि गर्न, युरोपेली बजारमा नेपाली उत्पादनको पहुँच बढाउन र निर्यातकर्ताले भोग्दै आएका व्यावहारिक समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।

उनले आगामी दिनमा युरोपतर्फ निर्यात वृद्धि गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने पनि बताए।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

ईबीए कार्यक्रमअन्तर्गत अति कम विकसित मुलुकहरूले हतियारबाहेकका सम्पूर्ण वस्तु युरोपेली बजारमा भन्सार तथा कोटारहित रूपमा निर्यात गर्न पाउने व्यवस्था छ।

कार्यक्रममा २५ वर्षको अनुभवको समीक्षा गर्दै नेपालले उपलब्ध व्यापारिक अवसरको अधिकतम उपयोग कसरी गर्ने र अति कम विकसित मुलुकबाट स्तरोन्नतिपछि आउन सक्ने व्यापारिक चुनौतीका लागि कस्तो तयारी गर्ने भन्ने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा नेपालका लागि युरोपेली संघका राजदूत चार्ल्स ह्वाइटलीले नेपाली उत्पादनको विशिष्टता र मौलिकताको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको उच्च सम्भावना रहेको बताए।

युरोपेली बजारमा निर्यातका क्रममा नेपाली व्यवसायीले सामना गर्दै आएका चुनौती समाधान गर्न ईयूका तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

Garima Development Bank
Bizshala
IME remit

यस्तै, निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्द घिमिरेले युरोपेली बजार प्रवेश र निर्यातका क्रममा देखिने समस्या समाधानका लागि ईयू र नेपाल सरकारबीच निरन्तर संवाद तथा सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा युरोपेली बजारमा निर्यात गरिरहेका नेपाली उद्यमीहरूले आफ्ना अनुभव तथा चुनौती प्रस्तुत गरेका थिए। साथै, निर्यातसम्बन्धी विभिन्न व्यापार निर्देशिकासमेत सार्वजनिक गरिएको थियो।

कार्यक्रमको अन्तिम चरणमा सहभागीहरूले ब्रसेल्सस्थित युरोपेली आयोगको चार्लेमेन भवनमा नोभेम्बर ४ मा आयोजित ईबीएको २५औँ वार्षिकोत्सवको मुख्य समारोह प्रत्यक्ष प्रसारणमार्फत अवलोकन गरेका थिए। उक्त अन्तर्राष्ट्रिय समारोहमा ईयूका उच्च अधिकारी, अति कम विकसित मुलुकका प्रतिनिधि तथा व्यापारिक क्षेत्रका नेतृत्वकर्ताहरूको सहभागिता रहेको थियो।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.