शुक्रबार, कार्तिक २०,२०८३ 06:53:49
  • शुक्रबार, कार्तिक २०,२०८३ 06:53:49
Global IME Bank Limited

मञ्जुश्री फाइनान्सको १९औँ साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

Bizshala
मञ्जुश्री फाइनान्सको १९औँ साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित
New Office

 

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको १९औँ वार्षिक साधारणसभा शुक्रबार काठमाण्डौको थापागाउँस्थित थापागाउँ ब्याङ्क्वेटमा सम्पन्न भएको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

कम्पनीका अनुसार १५ प्रतिशत नगद लाभांश कर प्रयोजनसहित र ५ प्रतिशत बोनस शेयर वितरण गरिनेछ।

साधारणसभाले ४० करोड रुपैयाँ बराबरको ८.७५ प्रतिशत लाभांश दर कायम हुने गरी अविमोच्य असंचिती अग्राधिकार शेयर (Perpetual Non-Cumulative Preference Share) जारी गर्ने प्रस्तावसमेत पारित गरेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उक्त अग्राधिकार शेयर मुनाफा भएको वर्ष मात्रै लाभांश वितरण हुने गरी नेपाल राष्ट्र बैंक तथा सम्बन्धित नियामक निकायको स्वीकृतिपछि जारी गरिनेछ। यसबाट कम्पनीको प्राथमिक पुँजी वृद्धि गर्ने उद्देश्य रहेको छ।

सभाले आर्थिक वर्ष २०८३/८४ का लागि N.K.T. Associates, Chartered Accountants लाई बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ।

साधारणसभामा उपस्थित शेयरधनीहरूले कम्पनीको समग्र व्यावसायिक प्रगति, संस्थागत सुशासन, वित्तीय स्थायित्व तथा भावी योजनाबारे चासो व्यक्त गरेका थिए।

कम्पनीले शेयरधनीबाट प्राप्त सुझाव र प्रतिक्रियालाई आगामी दिनमा सेवा प्रवाह तथा व्यावसायिक रणनीति थप प्रभावकारी बनाउन मार्गदर्शनका रूपमा लिने जनाएको छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.