काठमाण्डौ । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बिहान करिब सवा १० बजे पहिरो खसेपछि उक्त सडकखण्डमा दुवैतर्फ सवारी आवागमन रोकिएको हो।
उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुमानअनुसार सडक खुलाउन करिब आधा घण्टा लाग्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।