काठमाण्डौ । निक्षेप तथा सुरक्षण कोषले एकदिने कर्जा तथा पशुधन सुरक्षणसम्बन्धी अन्तरक्रियात्मक गोष्ठी कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम जेठ ६ गते सर्खेतको विरेन्द्रनगरको सञ्चालन गरिएको हो ।
कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेको प्रमुख आथित्यमा पानारोमा रिसोर्टमा आयोजित यो कार्यक्रममा सुर्खेत तथा सल्यान जिल्लाका विभिन्न बैंक तथा वित्तीय संस्था र सहकारीका प्रतिनिधि र स्थानीय सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कोषको केन्द्रीय कार्यालयका प्रबन्धक विदुर पराजुलीले कर्जा तथा पुशधन सुरक्षण सम्बन्धमा प्रस्तुतीकरण दिएका थिए ।
साथै,प्रमुख कार्यकारी अधिकृत घिमिरेले कोषले सञ्चालन गरिरहेका कार्यक्रमहरुको सम्बन्धमा सहभागीहरुले गरेका विभिन्न जिज्ञाशाहरुको जवाफ दिएका थिए । कार्यक्रममा बोल्दै घिमिरेले पशुधन सुरक्षण कार्यक्रमलाई सरल र सहज बनाउँदै पशुपालन क्षेत्रको जोखिमलाई कम गर्न कोष सदैव तत्पर रहेको बताए । उनले कर्णली प्रदेशमा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थालाई पुशपालन क्षेत्रमा कर्जा लगानी वृद्धि गर्न र पुशपालक ऋणीले खरिद गरेको पुशधनको कोषमा सुरक्षण गराउन आग्रह समेत गरे ।