काठमाण्डौ। चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सोमबार सबेरै सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ। सडक बन्द हुँदा मुग्लिन हुँदै काठमाण्डौ जाने र काठमाण्डौबाट आउने सवारीसाधन चल्न सकेका छैनन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक चन्द्र भुसन यादवका अनुसार पहिरोले राजमार्गको दुवैतर्फको आवागमन ठप्प पारेको हो।
नागढुंगा–मुग्लिन सडक योजनाको पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रका अनुसार राति करिब ३ बजे पहिरो खसेको थियो। राति पनि पहिरो पन्छाइएको र बिहानदेखि फेरि सडक खुलाउने काम भइरहेको उनले बताए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।