बिहीबार, कार्तिक २६,२०८३ 03:47:24
  • बिहीबार, कार्तिक २६,२०८३ 03:47:24
Global IME Bank Limited

मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी

Bizshala
मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी
New Office

काठमाण्डौ । वर्षौँदेखि निर्माण अघि नबढेका तथा कामको प्रगति सन्तोषजनक नभएका आठ आयोजनाको ठेक्का अन्त्य गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सहरी विकास तथा भवन निर्माण विभाग मातहतका यी आयोजनामा मन्त्री निवासका भवनदेखि ग्रामीण सडक र सहरी पूर्वाधारसम्म समेटिएका छन्।

विभागले रुग्ण आयोजनाको निर्माण सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाएको हो। यसअघि कात्तिक १७ मा भएको समीक्षा बैठकमा पनि आठ आयोजनाको ठेक्का अन्त्यको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिइएको थियो।

पुल्चोकस्थित मन्त्री निवासमा सुरक्षा निकायका लागि निर्माण गर्नुपर्ने भवनको काम सम्झौता भएको छ वर्षभन्दा बढी बित्दा पनि अघि बढेको छैन। कबिन्द्र निर्माण सेवाले जिम्मा पाएको उक्त भवनको भौतिक प्रगति शून्य रहेको विवरणमा उल्लेख छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

मन्त्री निवासकै मुख्य भवन निर्माणको अवस्था पनि कमजोर देखिएको छ। एएनके–कबिन्द्र जेभीले जिम्मा पाएको उक्त भवनको प्रगति २० प्रतिशतमा सीमित छ। यी दुईसहित लामो समयदेखि अलपत्र रहेका आठ आयोजनाका निर्माण सम्झौता अन्त्य गर्ने तयारी गरिएको हो।

सम्झौताअनुसार काम नगर्ने निर्माण कम्पनीमाथि ठेक्का अन्त्यसँगै धरौटी जफत र कालोसूचीसम्बन्धी कारबाही अघि बढाउने तयारीसमेत रहेको समाचारमा उल्लेख छ। मोबिलाइजेसन पेस्की लिएर पनि काम अघि नबढाउने तथा आयोजना लामो समयसम्म अलपत्र पार्ने कम्पनीमाथि कारबाही केन्द्रित हुने जनाइएको छ।

ठेक्का अन्त्यको प्रक्रिया पूरा भएपछि सम्बन्धित आयोजनाका बाँकी कामका लागि नयाँ ठेक्का आह्वान गर्ने मन्त्रालयको तयारी छ। नयाँ निर्माण कम्पनी छनोट गरेर अधुरा संरचना पूरा गर्ने लक्ष्य राखिएको छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.