शुक्रबार, आश्विन ३०,२०८३ 07:53:34
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 07:53:34
Bizshala
Global IME Bank Limited

राष्ट्रपतिको निधनको खबरले इरानको सेयर बजार क्र्यास, लगानीकर्तामा हाहाकार

Bizshala
राष्ट्रपतिको निधनको खबरले इरानको सेयर बजार क्र्यास, लगानीकर्तामा हाहाकार
New Office

काठमाण्डौ । इरानका राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटना निधन भएपछि त्यहाँको सेयर बजारमा क्र्यास भएको छ । आइतबार इ्ररानका राष्ट्रपति इब्राहिमको दुर्घटना परि निधन भएपछि त्यसको प्रभाव इरानको सेयर बजारमा देखिएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।  

यो खबरले तेहरान स्कट मार्केको मुख्य सूचक ‘टेडपिक्स’धरासायी बनेको छ । पहिलेदेखि नै गिरावटको सामन गरिरहेको इरानको सेयर बजार राष्ट्रपतिको निधनको खबरपछि झनै खस्किएको हो । आइतबार राष्ट्रपति र विदेशमन्त्री सवार हेलिकप्टर दुर्घटना भएको खबर बाहिरिएपछि टेडपिक्स इन्डेक्समा २.६८ प्रतिशत अर्थात ५८ हजार ५८ अंकको पहिरो गएको थियो । 

यो गिरावटसँगै टेडपिक्स इन्डेक्स २१,०६ ४३९ विन्दुमा सीमित बनेको थियो । यो एक दिनको गिरावट समग्र एक साताको गिरावट भन्दा बढी हो । गत साता तेहरान स्टक मार्केट २.५२ प्रतिशतले घटेको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

इरानको सेयर बजार पहिलेदेखि नै निरन्तर रुपमा घटिरहेको छ । तीव्र उचारचढावको सामना गरिरहेको इरानको सेयर बजारमा गत एक महिनामा करिब ७ प्रतिशतले घटिसकेको छ । तेहराइन टाइम्सका अनुसार गत शनिबार त्यहाँको सेयर बजारमा ठूलो गिरावट आएको थियो । त्यसदिन टेडपिक्स इन्डेक्स १० हजार ८ सय अंकले घटेको थियो । यसैबीचमा राष्ट्रपतिको निधनको खबरको सेयर बजारको गिरावट झनै गहिरिएको छ ।  

बढ्दो ब्याजदर र कम्पनीहरुको खस्कदो मुनाफाका कारण इरानको सेयर बजार पछिल्लो समय निरन्तर ओरालो लागिरहेको छ । लगानीकर्ताले सेयर बजारबाट आफ्नो लगानी झिक्ने क्रम बढाएका छन् । जसको परिणामस्वरुप सेयर बजारमा दबाव सिर्जना भएको तेहरान टाइम्सले जनाएको छ ।  -एजेन्सी

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.