आईतवार, असार १५,२०८२ 01:38:06
  • आईतवार, असार १५,२०८२ 01:38:06
Global IME Bank Limited

राष्ट्रपतिको निधनको खबरले इरानको सेयर बजार क्र्यास, लगानीकर्तामा हाहाकार

Hyundai Nepal
राष्ट्रपतिको निधनको खबरले इरानको सेयर बजार क्र्यास, लगानीकर्तामा हाहाकार
Nabil Bank Limited

काठमाण्डौ । इरानका राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटना निधन भएपछि त्यहाँको सेयर बजारमा क्र्यास भएको छ । आइतबार इ्ररानका राष्ट्रपति इब्राहिमको दुर्घटना परि निधन भएपछि त्यसको प्रभाव इरानको सेयर बजारमा देखिएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।  

यो खबरले तेहरान स्कट मार्केको मुख्य सूचक ‘टेडपिक्स’धरासायी बनेको छ । पहिलेदेखि नै गिरावटको सामन गरिरहेको इरानको सेयर बजार राष्ट्रपतिको निधनको खबरपछि झनै खस्किएको हो । आइतबार राष्ट्रपति र विदेशमन्त्री सवार हेलिकप्टर दुर्घटना भएको खबर बाहिरिएपछि टेडपिक्स इन्डेक्समा २.६८ प्रतिशत अर्थात ५८ हजार ५८ अंकको पहिरो गएको थियो । 

यो गिरावटसँगै टेडपिक्स इन्डेक्स २१,०६ ४३९ विन्दुमा सीमित बनेको थियो । यो एक दिनको गिरावट समग्र एक साताको गिरावट भन्दा बढी हो । गत साता तेहरान स्टक मार्केट २.५२ प्रतिशतले घटेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

इरानको सेयर बजार पहिलेदेखि नै निरन्तर रुपमा घटिरहेको छ । तीव्र उचारचढावको सामना गरिरहेको इरानको सेयर बजारमा गत एक महिनामा करिब ७ प्रतिशतले घटिसकेको छ । तेहराइन टाइम्सका अनुसार गत शनिबार त्यहाँको सेयर बजारमा ठूलो गिरावट आएको थियो । त्यसदिन टेडपिक्स इन्डेक्स १० हजार ८ सय अंकले घटेको थियो । यसैबीचमा राष्ट्रपतिको निधनको खबरको सेयर बजारको गिरावट झनै गहिरिएको छ ।  

बढ्दो ब्याजदर र कम्पनीहरुको खस्कदो मुनाफाका कारण इरानको सेयर बजार पछिल्लो समय निरन्तर ओरालो लागिरहेको छ । लगानीकर्ताले सेयर बजारबाट आफ्नो लगानी झिक्ने क्रम बढाएका छन् । जसको परिणामस्वरुप सेयर बजारमा दबाव सिर्जना भएको तेहरान टाइम्सले जनाएको छ ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.