बुधबार, श्रावण २७,२०८३ 07:15:55
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 07:15:55
Bizshala
Global IME Bank Limited

२ सातामा वाणिज्य बैंकहरुको सेयरमूल्य १८% ले बढ्यो, खेलाडीका सेयरमा भने हरायो चमक

Prabhu Bank Limited
२ सातामा वाणिज्य बैंकहरुको सेयरमूल्य १८% ले बढ्यो, खेलाडीका सेयरमा भने हरायो चमक
New Office

काठमाण्डौ । पछिल्लो समय न्यून विन्दुबाट वाणिज्य बैंकहरुको सेयर २ सातामा नै १८ प्रतिशतले बढेको छ । बजार घटेर वाणिज्य बैंकहरुको सेयर बुक भ्यालु भन्दा तल आईसेको थियो । यसपटकको वियरिसमा वाणिज्य बैंकको सेयर भाउ र सूचक कोभिड अगाडी कै अवस्था अर्थात १०१० को विन्दुमा  आएको थियो ।  

५ वटा बैंककोे सेयर भाउ त नेटवर्थ मूल्य भन्दा नै तल आएको थियो । यही अवस्थाको फाइदा उठाएर सुरक्षित लगानी गर्ने संस्था र सर्वसाधारणले खरिद बढाए पछि वाणिज्य बैंकहरुको सेयर भाउ बढेको छ । अघिल्लो साता १०१० को विन्दुमा रहेको वाणिज्य बैंक समूहको सूचक यो साता ११९२.७३ को विन्दुमा बन्द भएको छ । यस हिसावले वाणिज्य बैंक समूहको उपसूचक न्यून विन्दुबाट १८ प्रतिशत बढेको छ ।  

त्यसैगरि, यो साता मात्रै यस्तो उपसूचक करिब १३ प्रतिशतले उकालो लागेको छ । यसरी वाणिज्य बैंकको सूचक उकालो लाग्नुमा हाई क्याप भएका कम्पनी नबिल बैंक , कृषी विकास बैंक , एनआईसी एशिया, एनएमबी बैंक जस्ता बैंकको सेयर भाउमा लगानीकर्ताको आकर्षण बढ्नु मुख्य कारण देखिएको छ ।  

त्यसैगरि, नेटवर्थ भन्द तल बजार मूल्य पुगेका प्रभु बैंक , नेपाल इन्भेष्टमेन्ट मेगा बैंक , कुमारी बैंक जस्ता बैंकहरुमा पनि यो साता चमक आएको छ । वाणिज्य बैंकका सेयर भाउमा उकालो लाग्दा खेलाडीका कम्पनीहरुमा भने यो साता चमक हराएको छ ।  

यो साता वाणिज्य बैंक समूह १४१ अंक , विकास बैंक समूह करिव ८७ अंक , वित्त समूह ५६.१ अंक , लघुवित्त समूह ४८.३७ अंक जलविद्युत समूह ९५.३६ अंक , लगानी समूह २.९१ अंक , जीवन बीमा समूह ३८७ अंक ,निर्जीवन बीमा समूह ३११.५७ , अन्य समूह ४९.९५ अंक , होटल्स समूह २०.१८ , उत्पादन तथा प्रशोधन समूह ४५.८६ अंक व्यापार समूह ६०  अंक र म्युचुअल फण्ड ०.५६ अंकले बढेका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.