आईतवार, असार १५,२०८२ 01:48:02
  • आईतवार, असार १५,२०८२ 01:48:02
Global IME Bank Limited

२ सातामा वाणिज्य बैंकहरुको सेयरमूल्य १८% ले बढ्यो, खेलाडीका सेयरमा भने हरायो चमक

Hyundai Nepal
२ सातामा वाणिज्य बैंकहरुको सेयरमूल्य १८% ले बढ्यो, खेलाडीका सेयरमा भने हरायो चमक
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो समय न्यून विन्दुबाट वाणिज्य बैंकहरुको सेयर २ सातामा नै १८ प्रतिशतले बढेको छ । बजार घटेर वाणिज्य बैंकहरुको सेयर बुक भ्यालु भन्दा तल आईसेको थियो । यसपटकको वियरिसमा वाणिज्य बैंकको सेयर भाउ र सूचक कोभिड अगाडी कै अवस्था अर्थात १०१० को विन्दुमा  आएको थियो ।  

५ वटा बैंककोे सेयर भाउ त नेटवर्थ मूल्य भन्दा नै तल आएको थियो । यही अवस्थाको फाइदा उठाएर सुरक्षित लगानी गर्ने संस्था र सर्वसाधारणले खरिद बढाए पछि वाणिज्य बैंकहरुको सेयर भाउ बढेको छ । अघिल्लो साता १०१० को विन्दुमा रहेको वाणिज्य बैंक समूहको सूचक यो साता ११९२.७३ को विन्दुमा बन्द भएको छ । यस हिसावले वाणिज्य बैंक समूहको उपसूचक न्यून विन्दुबाट १८ प्रतिशत बढेको छ ।  

त्यसैगरि, यो साता मात्रै यस्तो उपसूचक करिब १३ प्रतिशतले उकालो लागेको छ । यसरी वाणिज्य बैंकको सूचक उकालो लाग्नुमा हाई क्याप भएका कम्पनी नबिल बैंक , कृषी विकास बैंक , एनआईसी एशिया, एनएमबी बैंक जस्ता बैंकको सेयर भाउमा लगानीकर्ताको आकर्षण बढ्नु मुख्य कारण देखिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यसैगरि, नेटवर्थ भन्द तल बजार मूल्य पुगेका प्रभु बैंक , नेपाल इन्भेष्टमेन्ट मेगा बैंक , कुमारी बैंक जस्ता बैंकहरुमा पनि यो साता चमक आएको छ । वाणिज्य बैंकका सेयर भाउमा उकालो लाग्दा खेलाडीका कम्पनीहरुमा भने यो साता चमक हराएको छ ।  

यो साता वाणिज्य बैंक समूह १४१ अंक , विकास बैंक समूह करिव ८७ अंक , वित्त समूह ५६.१ अंक , लघुवित्त समूह ४८.३७ अंक जलविद्युत समूह ९५.३६ अंक , लगानी समूह २.९१ अंक , जीवन बीमा समूह ३८७ अंक ,निर्जीवन बीमा समूह ३११.५७ , अन्य समूह ४९.९५ अंक , होटल्स समूह २०.१८ , उत्पादन तथा प्रशोधन समूह ४५.८६ अंक व्यापार समूह ६०  अंक र म्युचुअल फण्ड ०.५६ अंकले बढेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.