काठमाण्डौ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड र वोन्डर्स नेपाल प्रालिबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
सहमतिपत्रमा वोन्डर्स नेपालका प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवाली र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् ।
उक्त सहमतिपत्रमा उल्लेख भएबमोजिम नेपाल एसबिआई बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लेखनाथमार्ग ठमेल, काठमाण्डौमार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आउनु भएका डिम्याट सेवा प्रयोगकर्ताहरुले स्काई वाकको टिकट खरीदमा १ देखि ५ जना सम्मको लागि १५ प्रतिशत र ५ जनाभन्दा बढीको टिकट खरीदमा २० प्रतिशतसम्म विशेष छुट प्रदान गर्ने सहमति भएको छ ।
कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे । साथै, वण्डर नेपालका प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवालीले पनि आपसी सहकार्यबाट व्यवसायिक उचाई हासिल हुने अपेक्षा राखे ।
समारोहमा दुईवटै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                