बिहीबार, असार ११,२०८३ 04:26:26
Bizshala
  • बिहीबार, असार ११,२०८३ 04:26:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज २५६८ औँ बुद्ध जयन्ती, सेयर बजार लगायत अन्य वित्तीय संस्था बन्द रहने

Laxmi Sunrise Bank Limited
आज २५६८ औँ बुद्ध जयन्ती, सेयर बजार लगायत अन्य वित्तीय संस्था बन्द रहने

काठमाण्डौ । आज  २५६८ औँ बुद्ध जयन्ती मनाइदैंछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन पर्ने भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले आज बुद्ध जयन्तीको रुपमा मनाउँदै आएका छन् ।  

गौतम बुद्धको जन्म लुम्बिनीमा आजभन्दा २५६८ वर्षअघि इसापूर्व ५६३ मा वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको कोखबाट जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । उनले ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व पा्रप्त गरेका थिए ।  

आज बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा बत्ति बालि लामा एवं बौद्ध धर्मगुरुले पूजा र ध्यान गर्ने गर्छन् । आज लुम्बिनी, स्वयम्भू, बौद्धलगायतका बौद्ध बिहारमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने गरिन्छ ।

New Office
CG Motors
Garima Development Bank

यसैगरी आज किराँत समुदायमा उभौली पर्व मनाइँदै छ । प्रकृतिका पुजारी यस समुदायले बैशाख पूर्णिमाका दिन अन्नबाली सप्रियोस, राम्रो बाली लागोस, पृथ्वीमा कही कतै खाधान्नको कमी नहोस भन्दै यस उभौली पर्व मनाउँछन् ।  

सरकारले आज बुद्ध जयन्ती र उभौली पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ । त्यसैले आज देशका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । आज नेपाल स्कट एक्सचेञ्ज(नेप्से) पनि आज बन्द रहनेछ । यस कारण आज दोस्रो बजारमा सेयर कारोबार हुने छैन । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.