सोमबार, श्रावण १८,२०८३ 04:31:11
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:31:11
Bizshala
Global IME Bank Limited

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्ररमण खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्ररमण खनाल नियुक्त
New Office

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । आज बसेको बैंकको सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । आगामी ४ वर्षका लागि सीईओमा नियुक्त भएका खनाल यसअघि राष्ट्रिय वाणिज्यमा डेपुटी सीईओको रुपमा कार्यरत थिए ।

सीईओ नियुक्तीका लागि सिफारिस गर्न गठित सीईओ नियुक्ती सिफारिस उप समितिको जेठ ६ गते बसेको बैठकले ५ जना उम्मेदवारको नाम सर्टलिस्ट गरेको हो ।  सर्टलिस्टमा खनालसहित कृष्ण बहादुर अधिकारी,प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी सर्टलिस्टमा परेका थिए । 

उम्मेदवारहरुलाई प्रस्तुतीकरण र अन्तरवार्ता जेठ ९ गते राष्ट्रिय वाणिज्य बैंकको कार्यालय सिंहदरबार प्लाजामा रहेको सञ्चालक समितिको कार्यालयमा बोलाइएको थियो ।  

५ जना उम्मेदवारहरुको कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताको मूल्यांकनको आधारमा  सञ्चालक समितिले देवेन्द्ररमण खनाललाई सीईओ नियुक्त गरेको हो ।  

बैंकका तत्कालीन सीईओ किरणकुमार श्रेष्ठले दुई कार्यकाल पूरा गरेर चैत २०८० मा बाहिरिएसँगै ७ वैशाखमा बैंकले सीईओ आवेदन मागेको थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.