सोमबार, असार २,२०८२ 11:19:37
  • सोमबार, असार २,२०८२ 11:19:37
Global IME Bank Limited

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्ररमण खनाल नियुक्त

Hyundai Nepal
राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्ररमण खनाल नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । आज बसेको बैंकको सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । आगामी ४ वर्षका लागि सीईओमा नियुक्त भएका खनाल यसअघि राष्ट्रिय वाणिज्यमा डेपुटी सीईओको रुपमा कार्यरत थिए ।

सीईओ नियुक्तीका लागि सिफारिस गर्न गठित सीईओ नियुक्ती सिफारिस उप समितिको जेठ ६ गते बसेको बैठकले ५ जना उम्मेदवारको नाम सर्टलिस्ट गरेको हो ।  सर्टलिस्टमा खनालसहित कृष्ण बहादुर अधिकारी,प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी सर्टलिस्टमा परेका थिए । 

उम्मेदवारहरुलाई प्रस्तुतीकरण र अन्तरवार्ता जेठ ९ गते राष्ट्रिय वाणिज्य बैंकको कार्यालय सिंहदरबार प्लाजामा रहेको सञ्चालक समितिको कार्यालयमा बोलाइएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

५ जना उम्मेदवारहरुको कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताको मूल्यांकनको आधारमा  सञ्चालक समितिले देवेन्द्ररमण खनाललाई सीईओ नियुक्त गरेको हो ।  

बैंकका तत्कालीन सीईओ किरणकुमार श्रेष्ठले दुई कार्यकाल पूरा गरेर चैत २०८० मा बाहिरिएसँगै ७ वैशाखमा बैंकले सीईओ आवेदन मागेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.