• बिहीबार, भाद्र २६,२०८२ 12:00:50
Global IME Bank Limited

प्रतिनिधि सभा बैठक आज बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी

Hyundai Nepal
प्रतिनिधि सभा बैठक आज बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी

काठमाण्डौ । सरकारको नीति तथा कार्यक्रम आज पारित गर्ने गर्ने तयारी भएको छ । आज बस्न लागेको प्रतिनिधि सभाको आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गरिन लागेको हो । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ ।

संसद सचिवालयले सभामुख देवराज घिमिरेसँगको समन्वयमा राखेको सम्भावित कार्यसूची यथावत रहे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रधानमन्त्रीले प्रस्ताव पारित गरेपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुनेछ । प्रतिनिधि सभामा जम्मा दुई वटा संशोधनको सूचना दर्ता भएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नीति तथा कार्यक्रमको संशोधनका लागि  नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले छुट्टाछुट्टै संशोधनको सूचना दिएका छन् ।  

गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रतिनिधि सभा बैठकबाट नीति तथा कार्यक्रम पारित भएपछि आगामी जेठ १५ गते सरकारको बजेट संसदमा प्रस्तुत गरिनेछ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.