काठमाण्डौ । भुजुङ हाइड्रोपावरले आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।
भुजुङ हाइड्रोपावरले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो।
यो कम्पनीले ५ करोड रुपैयाँबराबरको आईपीओ ल्याउने तयारी गरेको छ। सेबोनले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता आईपीओ ल्याउनेछ।
यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।