काठमाण्डौ । आज गणतन्त्र दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसदबाट गणतन्त्र स्थापनाको घोषणा गरेको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आएको छ । सरकारले यो वर्षको जेठ १४, १५ र १६ गते ३ दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दीपावलीलगायत कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको छ ।
त्यसैले आज देशका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । आज नेपाल स्कट एक्सचेञ्ज(नेप्से) पनि आज बन्द रहनेछ । आज दोस्रो बजारमा सेयर कारोबार हुने छैन ।