मंगलवार, असार ३,२०८२ 04:37:04
  • मंगलवार, असार ३,२०८२ 04:37:05
Global IME Bank Limited

युनिलिभर नेपालले अधिकृत पूँजी ह्वात्तै बढाएर बम्पर बोनस दिन खोजेको हो ?

Hyundai Nepal
युनिलिभर नेपालले अधिकृत पूँजी ह्वात्तै बढाएर बम्पर बोनस दिन खोजेको हो ?
Nabil Bank Limited

काठमाण्डौं । दोस्रो  बजारमा हाल उच्च मूल्य रहेको युनिलिभर नेपालले अधिकृत पूँजी बढाउने प्रस्ताव पास गरेको छ ।  

हाल दोस्रो बजारमा यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता रु. ३९ हजार माथि रहेको छ ।  

कम्पनीको चुक्तापूँजी जम्मा ९ करोड २१ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ४ अर्ब २६ करोड रुपैयाँ रहेको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको कूल पूँजी ५ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक बर्षको तुलानमा जगेडा कोष करिब १५ प्रतिशतले बढेको छ ।  

कम्पनीको अघिल्लो आर्थिक बर्षको तुलनामा खूद मूनाफा ६१.५९ प्रतिशतले घटेर ४८ करोड ४१ लाख रुपैयाँ रहेको छ ।  

यसैगरी, प्रतिसेयर आम्दानी पनि ६१ प्रतिशतले नै घटेर ७०३ रुपैयाँ रहेको छ । कम्पनीको ब्ुक भ्यालु भने साढे १४ प्रतिशतले बढेर ४ हजार ७२५ रुपैयाँको उचाईमा पुगेको छ ।  

अघिल्लो आर्थिक बर्षको यही अवधिको तुलनामा कम्पनीको रिर्टन अन इक्विटी पनि १५ प्रतिशतले घटेको देखिन्छ ।  

कम्पनीले हाल अधिकृत पूँजी ३० करोडबाट २ अर्ब १४ करोड बनाउने प्रस्ताव पास गरेको छ । यसरी कम्पनीले किन एकैपटक अधिकृत पूँजी बढाउने निर्णय गर्यो त ? पूँजीबजारका जानकार मुक्ति अर्यालले कम्पनीले अधिकृत पूँजी बढाउनुको कारण चुक्तापूँजी पनि बढाउने हुनसक्ने बताए ।  

उनका अनुसार कम्पनीले चुक्ता पूँजी बढाउन बोनस सेयरलाई नै बढी प्राथमिकतामा राख्नसक्नेछ ।  

कम्पनीबाट एफपिओ र हकप्रदको सम्भावना भने कमै रहेको अर्यालको तर्क रहेको छ ।  

कम्पनीले एकपटक सेयर टुक्राउन पनि खोजेको थियो । यसपटक पनि सेयर स्प्लिटको उत्तिकै सम्भावना रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.