काठमाण्डौ । मन्त्रीपरिषद बैठकले आर्थिक वर्ष २०८१-८२ का लागि बजेट पारित गरेको छ ।
केहीबेरअघि सकिएको मन्त्रीपरिषद बैठकले अर्थमन्त्री नेतृत्वको टिमले तयार गरेको बजेट पारित गरेको हो ।
बजेट पारित भएसँगै त्यसको प्रस्तुतीकरणका लागि अर्थमन्त्री वर्षमान पुन नेपाली ढाकाबाट बनेको ब्याग लिएर संघीय संसदमा पुगेका छन् । संघीय संसदको संयुक्तको बैठकमा अर्थमन्त्री पुनले केहीबेरपछि नै बजेट प्रस्तुत गर्दैछन् ।
क्याबिनेटलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल, सरकारका उपप्रधानमन्त्री तथा मन्त्री, उच्च पदस्थ सरकारी अधिकारी लगायत संसद भवन पुगिसकेका छन् ।