काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ मा कृषि बीमामा किसानलाई बीमा प्रिमियममा छुट हुने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
अर्थमन्त्री पुनले कृषि क्षेत्रको अवलम्बन गर्ने उद्देश्यले कृषकलाई विशेष प्राथमिकतामा राख्दै कृषि बीमामा प्रिमियमा छुट दिने बताएका हुन् ।
योसँगै आगामी आवमा करार खेती उत्पादन, कृषि बाली, उन्नत बीउ, सिंचाईमा समेत सहजता गरिदिने अर्थमन्त्री पुनले बताए । साथै किसानलाई विभिन्न बाली लगाउन कर्जामा समेत सहजता गर्ने अर्थमन्त्री पुनले बताए ।
यसका साथै अर्थमन्त्री पुनले साना किसानको बाली तथा पशुपन्छी बीमाको प्रिमियममा अनुदान प्रदान गर्न १ अर्ब ६५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनले बताए ।