काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै त्यस्तो घोषणा गरेका हुन् ।
उनले पर्यटकलाई एकद्वारा प्रणालीमार्फत सेवा दिने व्यवस्था गरिने र नयाँ गन्तव्यहरुको विकास गरी पर्यटक आकर्षिक गरिने समेत बताए ।
पर्यटकहरुलाई आकर्षिक गर्न चीन, भारत लगायतका मुलुकमा पर्यटक लक्षित रोड शो, मेला, महोत्सव सञ्चालन गरिने समेत उनले सो क्रममा घोषणा गरेका छन् ।
सरकारले पर्यटन क्षेत्रका लागि ११ अर्ब ९१ करोड बजेट विनियोजन गरेको छ ।