काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सम्झौतित कोषका रकमलाई धितोपत्रको इकाईमा लगानी गर्न व्यवस्था मिल्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
विभिन्न सम्झौतित कोषका रकमलाई प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल र धितोपत्र इकाईमा लगानी गर्न व्यवस्था मिल्ने अर्थमन्त्री पुनले बताए ।
यसका साथै बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रबर्द्धनमा प्रवाह गर्न प्रोत्साहन समेत गरिने अर्थमन्त्री पुनले बताए ।