काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८०÷८१ मा नेपालका सातै प्रदेशलाई विशेषतासँग जोडेर आर्थिक हब बनाइने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
कोशी प्रदेशलाई उद्योग, मधेश प्रदेशलाई कृषि, बागमती प्रदेशलाई सूचना तथा प्रविधि, गण्डकी प्रदेशलाई पर्यटन, लुम्बिनी प्रदेशलाई साना तथा मझौला उद्यम, कर्णाली प्रदेशलाई जडिबुटी र सुदुरपश्चिम प्रदेशलाई धार्मिक पर्यटन र आर्थिक हब बनाइने छ ।
आर्थिक क्षेत्रका सम्भावनाका क्षेत्रलाई समेटी एकीकृत विकासको अवधारणा अनुरुप नमूना विकास अभियान सञ्चालन गर्न भरतपुर, बुटवल, पोखरालाई तिनवटा कोणमा राखेर गण्डकी आर्थिक त्रिभुज परियोजना प्रस्ताव गरिएको छ ।
यसका साथै आगामी आर्थिक वर्षमा ‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियानलाई विशेष प्राथमिकता दिने अर्थमन्त्री पुनले बताए ।