काठमाण्डौ । आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा कोषमा आबद्ध भएका व्यक्तिले कोषबाटै स्वास्थ्य बीमाको सुविधा पाउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
एकीकृत सामाजिक सुरक्षा अवधारण अनुरुप सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा कार्यक्रमबीच अन्तरआबद्धता कायम गरी कोषमा आबद्ध योगदानकर्ताको स्वास्थ्य बीमा सामाजिक सुरक्षा कोषमाफर्त उपलब्ध गराउने व्यवस्था मिलाइने अर्थमन्त्री पुनले बताए ।
यसका साथै अर्थमन्त्री पुनका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको दायरा विस्तार गरी अनौपचारिक क्षेत्रमा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइनेछ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि ८ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनले बताए ।