काठमाण्डौ । सरकारले नेपालमै उत्पादन हुने मदिरा, कफी, चिया, अलैंची र हिमालय वाटरको ब्राण्डिङ गर्ने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वष २०८१/८२ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् ।
उनले स्वदेशी श्रम र कच्चा पदार्थ प्रयोग गरी कम तौल र उच्च मूल्य भएका वस्तु उत्पादन गरी निर्यात गरिने बताउँदै पहिलो चरणमा कफी, चिया, अलैंची र हिमालय वाटरको ब्राण्डिङ गरिने बताएका छन्।
यस्तै, नेपाली मदिराको समेत ब्राण्डिङ गरी विदेश निर्यात गर्ने उनले घोषणा गरेका छन् ।
नेपाल व्यापार एकीकरण रणनीतिले पहिचान गरेका र हाल उच्च परिमाणमा निर्यात भइरहेका गलैंचा, कार्पेट, धागो लगायतका वस्तुको निर्यात अभिवृद्धि गरिने उनको भनाइ छ।