मंगलवार, श्रावण १९,२०८३ 10:16:30
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 10:16:30
Bizshala
Global IME Bank Limited

सहकारीमा रु.५ लाख रुपैयाँसम्म ठगिएकाको रकम फिर्ता गरिने

सहकारीमा रु.५ लाख रुपैयाँसम्म ठगिएकाको रकम फिर्ता गरिने
New Office

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८१/८२ मा बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गरिने भएको छ ।  

अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै सहकारी क्षेत्रलाई व्यवस्थित गर्न नियमन निकाय स्थापना गर्ने बताएका हुन् ।  

बचत तथा ऋण सहकारी संस्थामा देखिएका समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघर परिवारका सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा ५ लाख रुपैयाँसम्मको बचतकर्ता सदस्यको रकम फिर्ता गरिने व्यवस्था मिलाइने अर्थमन्त्री पुनले बताए ।  

योसँगै आगामी आर्थिक वर्ष बचत तथा ऋण सहकारीलाई एकआपसमा गाभिन सहजीकरण गरिने अर्थमन्त्री पुनले बताए  ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.